परिच्छेद-३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

दफा ७ञः तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिने

Estimated reading: 0 minutes 94 views

१) देहायको अवस्थामा सूचक संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी केही कार्य तेस्रो पक्षबाट गराउन सक्नेछ;

(क) ग्राहकको पहिचान तथा सम्पुष्टि यस परिच्छेद बमोजिम हुने कुरामा सूचक संस्था विश्वस्त भएमा,

(ख) यस परिच्छेद बमोजिम आवश्यक ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धी जानकारी सूचक संस्थालाई तत्काल प्राप्त हुने भएमा, र

(ग) ग्राहक पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात, विवरण तथा जानकारी सूचक संस्थाले मागेका बखत विना कुनै विलम्ब प्राप्त हुने सुनिश्चित भएमा।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको तेस्रो पक्षको रूपमा रहेको संस्थाबाट भएको ग्राहकको पहिचान तथा सम्पुष्टिलाई सूचक संस्थाले स्वीकार गर्न पाउने छैन;

(क) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको भएमा,

(ख) त्यस्तो संस्थामा ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी यस परिच्छेद बमोजिमको व्यवस्था विद्यमान नभएमा, वा

(ग) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नियमन, निरीक्षण, सुपरिवेक्षणको दायरा अन्तर्गतको नभएमा ।

३) उपदफा (१) बमोजिम तेस्रो पक्षबाट ग्राहकको पहिचान तथा सम्पुष्टि गरिएको भए तापनि यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्तिम दायित्व सूचक संस्थाको हुनेछ ।

Share this Law

दफा ७ञः तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.