दफा ७घ: जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्नु पर्ने

Estimated reading: 0 minutes 300 views

१) सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, व्यवसाय वा पेशा, कार्यक्षेत्र, ग्राहक, सेवा वा उत्पादन, कारोबार तथा वितरण माध्यम समेतका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा मूल्याङ्कन गर्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्याङ्कन गर्दा सूचक संस्थाले राष्ट्रिय जोखिम मूल्याङ्कन वा नियमनकारी निकायले गरेको जोखिम मूल्याङ्कन समेतलाई आधार बनाउनु पर्नेछ ।

३) सूचक संस्थाले उपदफा (१) बमोजिम जोखिम मूल्याङ्कन गर्दा जोखिमसँग सम्बन्धित सबै पक्षहरूको विश्लेषण गरी जोखिमको स्तर निर्धारण गर्नु पर्नेछ।

४) सूचक संस्थाले यस दफा बमोजिम गरेको जोखिमको मूल्याङ्कन सम्बन्धी सम्पूर्ण विवरण, सूचना तथा प्राप्त निष्कर्ष सम्बन्धी अभिलेख लिखित रूपमा राख्नु पर्नेछ ।

५) सूचक संस्थाले उपदफा (१) बमोजिम गर्ने जोखिमको मूल्याङ्कन आवधिक रूपमा गरी त्यसलाई आवश्यकता अनुसार अद्यावधिक गर्नु पर्नेछ ।

६) सूचक संस्थाले उपदफा (४) बमोजिमको अभिलेख सम्बन्धित नियमनकारी निकायलाई उपलब्ध गराउनु पर्नेछ र त्यस्तो अभिलेख अन्य सम्बद्ध निकायले माग गरेमा त्यस्तो निकायलाई समेत उपलब्ध गराउनु पर्नेछ ।

७) सूचक संस्थाले यस दफा बमोजिम पहिचान भएको जोखिमको स्तर अनुरूप ग्राहक पहिचान, व्यवस्थापन तथा जोखिमको न्यूनीकरण गर्नको लागि आवश्यक पर्ने नीतिगत, कार्यविधिगत तथा नियन्त्रणात्मक व्यवस्था मिलाई त्यस्तो व्यवस्थालाई समय समयमा अद्यावधिक गर्नु पर्नेछ ।

८) सूचक संस्थाले उपदफा (७) बमोजिमको नीतिगत, कार्यविधिगत तथा जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नु पर्नेछ ।

Share this Law

दफा ७घ: जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.