दफा ३: बोर्डको स्थापना

Estimated reading: 1 minute 361 views

१)पूँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि नेपाल धितोपत्र बोर्डको नामबाट एउटा बोर्डको स्थापना गरिएको छ ।

२)उपदफा (१) बमोजिम स्थापना हुने बोर्डमा देहायका सदस्यहरु रहने छन् ;

(क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति – अध्यक्ष

(ख) सह-सचिव, अर्थ मन्त्रालय – सदस्य

(ग) सह–सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य

(घ) प्रतिनिधि, नेपाल राष्ट्र बैंक – सदस्य

(ङ) प्रतिनिधि, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था – सदस्य

(च) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ – सदस्य

(छ) अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, व्यवस्थापन, पूँजी बजार विकास, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका विज्ञहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना – सदस्य

३) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम सम्बन्धित संस्थाले प्रतिनिधि मनोनयन गर्दा कम्तीमा स्नातक उपाधि हासिल गरी लेखा, उद्योग, वाणिज्य, वित्तीय, बैंकिड्ढ, आर्थिक वा कानून विषयमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ ।

४) उपदफा (२) को खण्ड (छ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्ष हुनेछ ।

५) कुनै सदस्यको पद रिक्त रहेको कारणले मात्र बोर्डले गरेको काम कारबाहीमा कुनै असर पर्ने छैन ।

६) बोर्डले तोकिदिएको बोर्डको कुनै अधिकृत कर्मचारीले बोर्डको सचिवको काम गर्नेछ ।

७) बोर्डले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकारलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

८) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपाल राज्यभित्र वा बाहिर शाखा वा सम्पर्क कार्यालय खोल्न सक्नेछ ।

Share this Law

दफा ३: बोर्डको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.