दफा ५५ : क्षतिपूर्ति सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 403 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद अन्तर्गतका करारको क्षतिपूर्तिको सम्बन्धमा देहाय बमोजिम हुनेछ;

(क) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि क्रेताले वस्तु स्वीकार नगरेमा वा स्वीकार गर्न इन्कार गरेमा वा वस्तुको मूल्य तिर्न इन्कार गरेमा करारको अधीनमा रही बिक्रेताले क्रेता विरुद्ध यसरी वस्तु स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरे बापतको क्षतिपूर्ति दावी गर्न सक्नेछ ।

(ख) खण्ड (क) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा क्रेताले स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्य बीच भएको अन्तरको आधारमा निर्धारण हुनेछ ।

(ग) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि बिक्रेताले करार बमोजिम क्रेतालाई वस्तु नबुझाएका वा बुझाउन इन्कार गरेमा वस्तु नबुझाए बापत क्रेताले बिक्रेता विरुद्ध क्षतिपूर्ति दावी गर्न सक्नेछ ।

(घ) खण्ड (ग) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा बिक्रेताले क्रेतालाई नबुझाएको वा बुझाउन इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्य बीच भएको अन्तरको आधारमा हुनेछ ।

Share this Law

दफा ५५ : क्षतिपूर्ति सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.