दफा १३ : बदर हुने करार

Estimated reading: 0 minutes 495 views

देहाय बमोजिमको करार बदर हुनेछः

(क) प्रचलित कानुनले निषेध नगरेको पेशा, व्यवसाय वा व्यापार गर्नबाट कसैलाई रोक लगाइएको करार,

 तर देहायको अवस्थामा कुनै व्यापार वा व्यवसायमा रोक लगाउने गरी करार भएको मानिने छैनः

 (१) कुनै व्यापारको ख्याति खरिद बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो ख्याति बमोजिमको व्यापार वा व्यवसाय खरिद गर्ने खरिदकर्ता र बिक्रेता बीच सम्पन्न करारमा उल्लिखित अवधि र स्थानमा त्यस्तो बिक्रेताले त्यस्तै व्यापार र व्यवसाय गर्न नपाउने गरी भएको करार,

 (२) साझेदार रहुन्जेल साझेदारी फर्मको व्यापार व्यवसाय बाहेक सोही प्रकृतिको व्यापार व्यवसायका प्रतिस्पर्धी अन्य व्यक्तिहरूसँग सोही वा अन्य कुनै व्यापार व्यवसाय गर्न नपाउने गरी साझेदारहरु बीच भएको करार,

 (३) साझेदारी छाडिसकेपछि साझेदारी फर्म बमोजिमको व्यापार व्यवसाय निश्चित अवधिसम्म वा निश्चित स्थानमा नगर्ने गरी साझेदारहरु बीच भएको करार,

 (४) कुनै व्यक्तिले कुनै व्यक्ति, फर्म, कम्पनी वा निकायसँग गरेको करार अनुसार त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवामा छदै वा सेवाबाट अवकाश प्राप्त गरेको निश्चित समयसम्म त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा निकायको प्रतिस्पर्धी अन्य व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवा स्वीकार गर्न नपाउने गरी भएको करार ।

(ख) प्रचलित कानुनले निषेध गरेको विवाह बाहेक अन्य विवाहमा रोक लगाइएको करार ।

(ग) सर्वसाधारणले उपभोग गरिरहेको सुविधा कसैलाई उपभोग गर्नबाट रोक लगाइएको करार,

(घ) कसैले पाएको कानुनी अधिकार कुनै अड्डा अदालतबाट प्रचलन गराई पाउनबाट रोक लगाइएको करार,

(ङ) प्रचलित कानुनको विरुद्धमा भएको वा प्रचलित कानुनले निषेध गरेको कुरामा भएको करार,

(च) अनैतिक उद्देश्यको लागि वा सार्वजनिक नीति वा हितको विरुद्धमा भएको करार,

(छ) करार भएको विषय वस्तु करार गर्ने पक्षहरूलाई स्पष्ट रूपमा थाहा नभएबाट पूरा गर्न नसकिने अवस्थामा पुगेको करार,

(ज) करार गर्दाकै अवस्थामा करार पूरा गर्न असम्भव भएको करार,

(झ) मनासिब माफिकको अर्थ दिन नसक्ने भै अस्पष्ट भएको करार,

(ञ) करार गर्न अयोग्य व्यक्तिबाट भएको करार,

(ट) गैर कानुनी प्रतिफल वा उद्देश्य भएको करार ।

Share this Law

दफा १३ : बदर हुने करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.