दफा ५९ : प्रतिनिधिले पालन गर्नु पर्ने कुराहरू

Estimated reading: 0 minutes 397 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले देहायका कुराहरू पालना गर्नु पर्नेछ;

(क) एजेन्सी सम्बन्धी करारको शर्त तथा मुख्य व्यक्तिले दिएको निर्देशनको अधीनमा रही काम गर्नु पर्नेछ ।

(ख) करारमा कुनै शर्त उल्लेख नभएकोमा वा मुख्य व्यक्तिले कुनै निर्देशन नदिएकोमा प्रतिनिधिले सुम्पिएको काम तथा व्यापार व्यवसायको प्रकृति र कारोबार गर्ने स्थानको कानुन तथा प्रचलन अनुसार सो काम जसरी सम्पादन गर्नु पर्ने हो सोही बमोजिम असल नियतले पूर्ण लगनशीलताका साथ आवश्यक सीप तथा दक्षता बमोजिम सम्पादन गर्नु पर्नेछ ।

 तर कुनै विषयमा प्रतिनिधिमा दक्षता वा क्षमता नरहेको कुरा मुख्य व्यक्तिलाई पहिला नै थाहा रहेछ भने त्यस्तो प्रतिनिधिको अदक्षता वा असक्षमताबाट हुन गएको हानि नोक्सानी बापत प्रतिनिधि उत्तरदायी हुने छैन ।

(ग) प्रतिनिधिबाट हटाइएपछि निजले सोही विषयमा पूर्ववत् रूपमा प्रतिनिधिको हैसियतले कुनै काम गर्नु हुँदैन ।

(घ) मुख्य व्यक्तिले मागेको बखत आफ्नो एजेन्सीको व्यवसाय सम्बन्धी हिसाब किताबको विवरण दिनु वा देखाउनु पर्नेछ ।

(ङ) एजेन्सीको कामको सिलसिलामा कुनै बाधा अवरोध वा कठिनाई परेमा यथासम्भव छिटो मुख्य व्यक्तिलाई खबर गरी आवश्यक निर्देशन लिनु पर्नेछ र यसरी दिएको निर्देशन बमोजिम भए गरेको कार्य बापत मुख्य व्यक्ति जिम्मेवार हुनेछ ।

२) खण्ड (क), (ख) र (ग) बमोजिम गर्नु पर्ने कर्तव्य पूरा नगरेको कारणबाट मुख्य व्यक्तिलाई कुनै हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी प्रतिनिधिले व्यक्तिगत रूपमा व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा ५९ : प्रतिनिधिले पालन गर्नु पर्ने कुराहरू

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.