दफा ४६ : वस्तु गुणस्तरयुक्त रहेको मानिने

Estimated reading: 0 minutes 436 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु व्यापारिक गुणस्तरयुक्त (मर्च्या क्वालिटी) भएको मानिनेछ ।

२) कुनै खास प्रयोजनका लागि बिक्री भएको वा बिक्री हुने कुनै खास वस्तु सो प्रयोजनका लागि उपयुक्त भएमा त्यसरी बिक्री भएको वा हुने वस्तु व्यापारिक गुणस्तरयुक्त रहेको मानिनेछ ।

 तर करारमा नै त्यस्तो वस्तुको खोट उल्लेख भएकोमा वा क्रेतालाई त्यस्तो खोट करार हुनु अगावै वा वस्तु हेर्दा नै थाहा भई सकेकोमा त्यस्ता वस्तु व्यापारिक गुणस्तरयुक्त भएको वा रहेको मानिने छैन ।

३) कुनै खास वस्तुको गुणस्तर करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा त्यस्तो वस्तु प्रचलित स्तर (स्टाण्डर्ड) अनुसार गुणस्तरयुक्त हुनु पर्नेछ ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु खास गुणस्तरयुक्त छ भनी बिक्रेताले वारेण्टी दिएको मानिने छैन ।

Share this Law

दफा ४६ : वस्तु गुणस्तरयुक्त रहेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.