दफा ६०ः प्रतिनिधि उत्तरदायी हुने

Estimated reading: 0 minutes 425 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको अवस्थामा मुख्य व्यक्तिको तर्फबाट प्रतिनिधिले गरेको कारोबारको लागि निज व्यक्तिगत रूपमा उत्तरदायी हुनेछ;

(क) व्यक्तिगत रूपमा उत्तरदायी हुने गरी तेस्रो पक्षसँग कुनै कारोबारका सम्बन्धमा करार गरेमा,

(ख) बेनामी मुख्य व्यक्तिका लागि वा त्यस्ता व्यक्तिका तर्फबाट काम गरेकोमा त्यस्तो मुख्य व्यक्ति प्रकाश नगरिएमा,

(ग) कुनै कारणले मुख्य व्यक्ति विरुद्ध मुद्दा मामिला गर्न नसकिने भएमा,

(घ) आफ्नै नामबाट करार गरेको भएमा,

(ङ) प्रतिनिधि नियुक्त गरेको करार वा अख्तियारी बाहिर गई काम गरेको भएमा,

(च) कारोबार गर्ने सिलसिलामा झुक्यान वा जालसाजी गरेको भएमा,

(छ) व्यापारको प्रकृति बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा उत्तरदायी हुनु पर्ने भएमा,

(ज) कारोबारमा प्रतिनिधि समेतको हित संलग्न रहेको भएमा ।

२) प्रतिनिधि र तेस्रो व्यक्ति बीच भएको करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा उत्तरदायी भएको कारणले मात्र तेस्रो व्यक्तिले मुख्य व्यक्ति विरुद्ध कुनै दावी गर्न बाधा पुर्‍याएको मानिने छैन र प्रतिनिधिबाट असुल हुन नसकेको रकम बापत मुख्य व्यक्ति विरुद्ध पनि कानुनी कारबाही चलाउन सकिनेछ ।

३) उपदफा (२) बमोजिम मुख्य व्यक्ति विरुद्ध कानुनी कारबाही चलाउनका लागि प्रतिनिधिबाट अन्तिम भरिभराउ भएको मितिबाट हदम्याद शुरु भएको मानिनेछ ।

Share this Law

दफा ६०ः प्रतिनिधि उत्तरदायी हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.