दफा १२ : सांयोगिक करार

Estimated reading: 0 minutes 444 views

१) भविष्यमा कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना नघटेसम्म त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन ।

२) भविष्यमा कुनै व्यक्तिले कुनै खास काम गरेमा करार भएको मानिने गरी करार भएकोमा त्यस्तो व्यक्तिले त्यस्तो काम नगर्ने वा गर्न नसक्ने गरी कुनै काम कारबाही गरेमा त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन ।

३) भविष्यमा कुनै अनिश्चित घटना नघटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना घट्न असम्भव भएपछि मात्र त्यस्तो करार बमोजिमको दायित्व सृजना हुनेछ ।

४) भविष्यमा कुनै निश्चित समयभित्र कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यसरी निर्धारित समयभित्रै वा निर्धारित समय समाप्त भएपछि सो घटना घट्न असम्भव भएपछि त्यस्तो करार बदर भएको मानिनेछ ।

५) भविष्यमा कुनै घटना कुनै खास समयभित्र नघटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो समयभित्र त्यस्तो घटना नघटेमा वा सो समयभित्र त्यस्तो घटना नघट्ने निश्चित भएमा त्यस्तो करार बमोजिमको दायित्व सृजना हुनेछ ।

Share this Law

दफा १२ : सांयोगिक करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.