दफा १०ःसर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करार

Estimated reading: 0 minutes 452 views

१) कुनै व्यक्तिले विज्ञापन गरी सो विज्ञापनमा उल्लिखित कुनै काम गरेमा यस्तो पारितोषिक दिनेछु भनी सार्वजनिक रूपमा प्रस्ताव राखेकोमा सो विज्ञापन बमोजिमको काम गर्ने व्यक्तिलाई त्यस्तो विज्ञापन प्रकाशित

गर्ने व्यक्तिले विज्ञापनमा उल्लिखित पारितोषिक दिनु पर्नेछ ।

तर विज्ञापनमा उल्लिखित काम त्यस्तो विज्ञापनको जानकारी विना गरेको रहेछ भने त्यस्तो व्यक्तिले पारितोषिक पाउने छैन ।

२) उपदफा (१) बमोजिमको प्रस्तावमा उल्लिखित काम एक वा एकभन्दा बढी व्यक्तिले गरेमा जुन व्यक्तिले पहिले गरेको छ सोही व्यक्तिले मात्र पारितोषिक पाउनेछ ।

तर दुई वा दुईभन्दा बढी व्यक्तिहरूले एकै समयमा प्रस्तावमा उल्लिखित काम गरेमा त्यसरी काम गर्ने सबैले पारितोषिक बराबर बाँडी लिन पाउने छन् । पारितोषिक बाँड्न नमिल्ने रहेछ भने सो बिक्री गरी आएको रकम त्यस्ता व्यक्तिहरुलाई बराबर बाँडी दिनु पर्नेछ ।

३) उपदफा (१) बमोजिम प्रकाशित विज्ञापन बमोजिम गर्नु पर्ने कामको लागि निश्चित समयावधि तोकिएको रहेछ भने त्यस्तो समय समाप्त हुनासाथ विज्ञापन बमोजिमको प्रस्ताव रद्द भएको मानिनेछ ।

४) उपदफा (१) बमोजिम राखिएको प्रस्ताव जुन माध्यमद्वारा प्रकाशित भएको हो, सोही माध्यमद्वारा रद्द गर्न सकिनेछ ।

५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्ताव रद्द गरेको सूचना प्रकाशित हुनु अगावै कसैले उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम गरिसकेको भएमा विज्ञापनमा उल्लिखित पारितोषिक दिनु पर्नेछ ।

तर विज्ञापन बमोजिम काम गर्ने व्यक्तिले विज्ञापनदातालाई यथासम्भव छिटो काम सम्पन्न भएको सूचना गरेको हुनु पर्नेछ ।

६) कसैले विज्ञापनदातालाई उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम शुरु गरेको कुरा सूचना गरी काम शुरु गरेको रहेछ भने त्यसरी काम गर्ने व्यक्तिलाई विज्ञापन रद्द हुँदासम्म गरेको कामका लागि उचित पारिश्रमिक दिनु पर्नेछ ।

Share this Law

दफा १०ःसर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.