दफा ७९ः परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्नु नपर्ने

Estimated reading: 0 minutes 418 views

१) करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भै करारको परिपालना गर्न असम्भव भएमा करार बमोजिमको काम गर्नु पर्ने छैन ।

२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी देहायको कुनै अवस्था भएमा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिनेछ ः–

 (क) करार अवैध भै पालना गर्न नहुने भएमा,

 (ख) युद्ध, बाढी, पैरो, आगलागी, भूकम्प, ज्वालामुखी जस्ता मानवीय नियन्त्रणभन्दा बाहिरका परिस्थिति उपन्न भई करारको परिपालना हुन सम्भव नहुने भएमा,

 (ग) करारको परिपालना हुनको लागि जुन वस्तु आवश्यक थियो सो वस्तु नष्ट वा विनाश भएमा, सोको अस्तित्व नरहेमा वा त्यस्तो वस्तु प्राप्त हुन नसक्ने भएमा,

 (घ) व्यक्तिगत सक्षमता, दक्षता वा प्रतिभाबाट सेवा प्रदान गर्ने गरी करार भएकोमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा वा निजको शारीरिक वा मानिसक अशक्तताको कारणले करार पूरा गर्न नसक्ने भएमा ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिने छैन ः–

 (क) करारको परिपालना गर्न कठिनाइ भएमा,

 (ख) न्यून मुनाफा हुने वा नोक्सान हुने भएमा,

 (ग) कुनै करार पूरा गर्न कुनै पक्ष सो करारको पक्ष नभएको कुनै तेस्रो पक्षमा आश्रित रहेकोमा त्यस्तो तेस्रो पक्षले गल्ती गरेमा वा निज असक्षम भएमा,

 (घ) हडताल वा तालाबन्दी भएमा,

 (ङ) थप कर, दस्तुर वा अन्य कुनै राजस्व तिर्नु परेमा,

 (च) एकभन्दा बढी प्रयोजनको लागि करार भएकोमा तीमध्ये कुनै कुरा मात्र पूरा नहुने भएमा ।

४) उपदफा (२) बमोजिम परिस्थितिमा आधारभूत परिवर्तन भै करारको परिपालना गर्न असम्भव भएमा देहायका कुराहरूमा देहाय बमोजिम हुनेछ ः–

 (क) परिस्थितिमा त्यस्तो परिवर्तन हुनु अघि करार बापत एक पक्षबाट भुक्तानी भएको रकम अर्को पक्षलाई फिर्ता गर्नु पर्नेछ ।

 (ख) करार बापत एक पक्षले अर्को पक्षलाई भुक्तानी गर्नु पर्ने वा गर्न बाँकी रहेको रकम परिस्थितिमा त्यसरी परिवर्तन भएपछि भुक्तानी योग्य हुने छैन ।

 (ग) परिस्थितिमा त्यस्तो परिवर्तन हुनु अघि कुनै पक्षले कुनै काम गरिसकेको वा रकम चुक्ता गरिसकेको भएमा सो काम वा रकमको हिसाब गरी एक अर्कालाई दिनु पर्ने रकम यकीन गर्नु पर्नेछ र सो करार बापत एक पक्षले गरेको मनासिब माफिकको खर्च अर्को पक्षबाट भराई लिन सक्नेछ ।

५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (ख) को परिस्थिति अन्त्य भएपछि पक्षहरु करार परिपालना गरी आ–आफ्नो दायित्व पूरा गर्न सहमत हुन सक्नेछन् ।

Share this Law

दफा ७९ः परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्नु नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.