परिच्छेद–४ जमानत, हर्जाना तथा प्रत्याशन सम्बन्धी करार

दफा १९ : जमानत दिने व्यक्तिले साहुलाई प्रतिस्थापन गर्ने

Estimated reading: 0 minutes 96 views

१) जमानत दिने व्यक्तिले साहुलाई ऋणीको तर्फबाट तिर्नु पर्ने ऋण वा करार बमोजिम पूरा गर्नु पर्ने दायित्व तिरे वा पूरा गरेपछि त्यस्तो ऋण वा दायित्वका सम्बन्धमा जमानत दिने व्यक्तिले साहूलाई प्रतिस्थापन गर्नेछ र यो ऐन वा प्रचलित कानुन बमोजिम साहू सरह निज उपर कानुनी कारबाही चलाउन सक्नेछ ।

२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जमानत सम्बन्धी करार बमोजिम जमानत दिने व्यक्तिले ऋणीको तर्फबाट चुक्ता गरिदिएको ऋण वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिका तर्फबाट पूरा गरिदिएको दायित्व बापतको सम्पूर्ण रकम तथा सोमा लाग्ने ब्याज वा अन्य कुनै शुल्क वा रकम समेत ऋणीले जमानत दिने व्यक्तिलाई तिर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम ऋणीले तिर्नु पर्ने रकम नतिरेको कारणबाट कानुनी कारबाही गर्नु पर्ने भएमा वा सो बापत अन्य कुनै खर्च गर्नु परेमा त्यस्तो खर्च समेत जमानत दिने व्यक्तिले भराई लिन पाउनेछ ।

Share this Law

दफा १९ : जमानत दिने व्यक्तिले साहुलाई प्रतिस्थापन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.