परिच्छेद–४ जमानत, हर्जाना तथा प्रत्याशन सम्बन्धी करार

दफा १७ः जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था

Estimated reading: 1 minute 106 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको कुनै अवस्थामा देहायको हदसम्म जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुनेछ :-

(क) ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जमानत दिने व्यक्तिको सहमति विना करारमा तात्विक असर पर्ने गरी करारका शर्तहरु हेरफेर गरेमा त्यस्तो हेरफेरपछि हुने कारोबारमा,

(ख) जुन विषयमा जमानत दिइएको हो सो दायित्वबाट सो पूरा गर्नु पर्ने व्यक्ति मुक्त हुने गरी करार भएमा,

(ग) साहको काम कारबाहीले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति मुक्त हुने भएमा वा ऋण मिन्हा भएमा,

(घ) साहूले ऋणबाट लिनु पर्ने रकमभन्दा कम रकम लिई दायित्व मुक्त गर्ने वा निजलाई ऋण चुक्ता गर्न थप समय दिने वा मुद्दा नचलाउने गरी सहमति भएमा,

(ङ) साहको कुनै काम कारबाहीबाट जमानी दिने व्यक्तिको ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति उपरको कानूनी उपचारमा प्रतिकूल असर परेमा,

(च) ऋणीबाट लिएको कुनै सुरक्षण साहूले हराएमा वा बिगारेमा वा ऋणीलाई सो फिर्ता दिएमा त्यस्तो सुरक्षणको मूल्य बराबरको हदसम्म,

(छ) साहूलाई करार बमोजिम तिर्नु पर्ने रकम वा पूरा गर्नु पर्ने दायित्व सो तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिले जुन हदसम्म तिरेको छ वा पूरा भएको छ सो हदसम्म ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहूले जमानत दिन व्यक्ति उपर समयमा कानूनी कारबाही नचलाएको वा असूल गर्नु पर्ने रकम असूल गर्ने प्रयास नगरेको कारणबाट मात्र करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुने छैन ।

(३) दुई वा दुईभन्दा बढी जमानत दिने व्यक्ति भएकोमा साहुले जमानत दिने कुनै एक व्यक्तिलाई दायित्वबाट फुर्सद दिँदैमा जमानत दिने अन्य व्यक्तिहरु आफ्नो हिस्साको दायित्वबाट मुक्त हुने छैनन्‌ । जमानत दिने व्यक्तिहरुको दायित्वको हिस्सा छुट्याउन सकिने रहेन छ भने साहुले जमानत दिने कुनै व्यक्तिलाई फुर्सद दिँदैमा निज आफ्नो दायित्वबाट मुक्त भएको मानिने छैन ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक दायित्व पूरा गर्ने सम्बन्धमा जमानत सम्बन्धी करार भएको हो सो दायित्व सृजना गर्ने करारका सम्बन्धमा पक्षहरु बीच कुनै विवाद उत्पन्न भएको कारणले मात्र जमानत सम्बन्धी करार बमोजिमको दायित्व पूरा गर्नबाट जमानत दिने व्यक्ति मुक्त हुने छैन ।

Share this Law

दफा १७ः जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.