परिच्छेद–८ एजेन्सी सम्बन्धी करार

दफा ६३ः प्रतिनिधिले एजेन्सी छोड् प्रतिनिधिले एजेन्सी छोड्न नहुने

Estimated reading: 0 minutes 29 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामका लागि नियुक्त भएको प्रतिनिधिले निर्धारित समय वा काम समाप्त नभएसम्म उचित र पर्याप्त कारण नभई प्रतिनिधिको रूपमा काम गर्न छोड्न हुँदैन ।

२) उपदफा (१) बमोजिम निश्चित समय वा काम नतोकिएकोमा प्रतिनिधि भई काम गर्न छाड्न लागेको कारण सहितको पूर्व सूचना मुख्य व्यक्तिलाई नदिई सो काम गर्न छोड्न हुँदैन ।

३) उपदफा (१) वा (२) विपरीत हुने गरी कुनै प्रतिनिधिले सो हैसियतमा काम गर्न छोडेमा मुख्य व्यक्तिले मनासिब माफिकको क्षतिपूर्ति दावी गर्न सक्नेछ ।

Share this Law

दफा ६३ः प्रतिनिधिले एजेन्सी छोड् प्रतिनिधिले एजेन्सी छोड्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.