दफा ६१ः प्रतिनिधित्वको समाप्ती

Estimated reading: 0 minutes 392 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको अवस्थामा प्रतिनिधि स्वतः कायम नरहेको मानिनेछ;

 (क) प्रतिनिधिले स्वेच्छाले प्रतिनिधि नरहने निर्णय गरेमा,

 (ख) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अख्तियारी वा करार रद्द गरेमा वा करार पालना गर्न असम्भव भएको सूचना प्रतिनिधिलाई दिएमा,

 (ग) कुनै खास कामको लागि प्रतिनिधि नियुक्त गरेकोमा सो काम पूरा भएमा,

 (घ) खास अवधिको लागि प्रतिनिधि नियुक्त गरेकोमा सो अवधि समाप्त भएमा,

 (ङ) मुख्य व्यक्ति वा प्रतिनिधिको मृत्यु भएमा वा होस ठेगानमा नरहेमा,

 (च) मुख्य व्यक्ति साहूको दामासाहीमा परेमा,

 (छ) जुन विषयको बारेमा प्रतिनिधि नियुक्त गरेको हो सो विषयको अस्तित्व नै समाप्त भएमा,

 (ज) कम्पनीले प्रतिनिधि नियुक्त गरेकोमा वा कम्पनीको प्रतिनिधि भएकोमा त्यस्तो कम्पनी खारेज भएमा ।

२) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अधिकार निजले प्रयोग गर्नु अघि त्यस्तो सम्पूर्ण वा केही अधिकार जहिलेसुकै रद्द गर्न सक्नेछ ।

तर प्रतिनिधिले केही अधिकार प्रयोग गरी सकेको रहेछ भने त्यस्तो अधिकार अनुसार भै सकेको कामका लागि अधिकार रद्द भए गरेको मानिने छैन ।

३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एजेन्सी खडा गर्ने मुख्य विषयसँग सम्बन्धित सम्पत्तिमा प्रतिनिधिको पनि हिस्सा भएमा त्यस्तो हिस्सामा प्रतिकूल असर पर्ने गरी प्रतिनिधिलाई बर्खास्त गर्न सकिने छैन ।

Share this Law

दफा ६१ः प्रतिनिधित्वको समाप्ती

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.