परिच्छेद–८ एजेन्सी सम्बन्धी करार

दफा ५८ : उप-प्रतिनिधि नियुक्त गर्न सकिन प्रतिनिधि नियुक्त गर्न सकिने

Estimated reading: 1 minute 65 views

(१) कुनै व्यापार, व्यवसाय वा कारोबारको प्रकृति अनुसार उप-प्रतिनिधि नियुक्त गर्नु पर्ने वा एजेन्सी सम्बन्धी करारको व्यवस्था वा प्रचलन अनुसार उप-प्रतिनिधि नियुक्त गर्न सकिने भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले मुख्य व्यक्तिको स्वीकृति लिई उप-प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।

 तर प्रतिनिधिले नै व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्ने वा कार्य सम्पादन गर्ने गरी नियुक्त भएको प्रतिनिधिले उप-प्रतिनिधि नियुक्त गर्न सक्ने छैन ।

(२) उपदफा (१) बमोजिम उप-प्रतिनिधि नियुक्त भएकोमा सो कुरा मुख्य व्यक्तिलाई जानकारी गराउनु पर्नेछ र यसरी नियुक्त उप-प्रतिनिधिको हक तथा दायित्व मुख्य व्यक्तिले नियुक्त गरेको प्रतिनिधिलाई भए सरह हुनेछ ।

(३) मुख्य व्यक्तिको स्वीकृति बिना प्रतिनिधिले कुनै उप-प्रतिनिधि नियुक्त गरेमा त्यस्तो उप-प्रतिनिधिबाट भए गरेको काम कारबाहीका लागि मुख्य व्यक्ति जिम्मेवार हुने छैन । त्यसरी नियुक्तभएको उप-प्रतिनिधि व्यक्तिगत रूपमा जवाफदेही हुनेछ ।

Share this Law

दफा ५८ : उप-प्रतिनिधि नियुक्त गर्न सकिन प्रतिनिधि नियुक्त गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.