दफा ४८ : वस्तुको स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 404 views

१) कुनै खास वा निश्चित वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो वस्तुको हस्तान्तरण करारमा उल्लेख भएकोमा सोही बमोजिम र करारमा उल्लेख नभएकोमा करारका शर्त, पक्षहरूको आचरण तथा सम्बद्ध परिस्थितिबाट पक्षहरूको मनसाय अभिव्यक्त भए बमोजिम हस्तान्तरण हुनेछ ।

२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै खास वस्तु तत्काल बुझाउन सकिने अवस्थामा करार भएकोमा करार भएपछि वा वस्तुको मूल्य तिरेपछि वस्तु हस्तान्तरण गर्ने पक्षहरूको मनसाय रहेको मानिनेछ ।

३) कुनै खास वस्तु तत्काल बुझाउन सकिने अवस्थामा करार भएकोमा त्यस्तो वस्तुको मूल्य निर्धारण गर्न क्रेताले नाप, तौल, जाँच वा अन्य कुनै कार्य सम्पादन गर्नु पर्ने रहेछ भने त्यस्तो कार्य सम्पादन गरी मनासिब समयभित्र बिक्रेतालाई सोको जानकारी नदिएसम्म वस्तु हस्तान्तरण हुने छैन ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा हुने वस्तु जुन स्थानमा रहेकोछ सोही स्थानमा वस्तु हस्तान्तरण हुने गरी करार भएको मानिनेछ ।

५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण भएकै बखत त्यस्तो वस्तुमा क्रेताको हक वा स्वामित्व कायम भएको मानिनेछ ।

Share this Law

दफा ४८ : वस्तुको स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.