दफा ४७ : नमुनाबाट बिक्री हुने

Estimated reading: 0 minutes 394 views

१) करारमा प्रत्यक्ष वा परोक्ष रूपमा नमुना हेरी वस्तु बिक्री गर्ने व्यवस्था रहेकोमा त्यस्तो वस्तु नमुना हेरी बिक्री हुने गरी करार भएको मानिनेछ ।

२) नमुना हेरी वस्तु बिक्री गर्ने गरी करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो करारमा देहायका शर्तहरु रहेको मानिनेछः 

 (क) थोक वस्तुका गुणस्तर नमुनाको गुणस्तर अनुसार भएको,

 (ख) क्रेतालाई वस्तुको थोक परिमाणको गुणस्तर नमुनासँग भिडाउने मनासिब माफिकको अवसर प्राप्त भएको,

 (ग) बिक्री भएको वा हुने वस्तु कुनै पनि खोटबाट मुक्त रहेको र नमुनासँग भिडाउँदाका बखत हेर्नासाथ त्यस्तो वस्तु व्यापारिक गुणस्तरयुक्त भएको ।

Share this Law

दफा ४७ : नमुनाबाट बिक्री हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.