दफा ४३ : वस्तुको मूल्य चुक्ता गर्नु पर्ने

Estimated reading: 0 minutes 390 views

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको अवस्थामा देहाय बमोजिम वस्तुको मूल्य चुक्ता गर्नु पर्नेछ ;

(क) क्रेताले आफूले खरिद गरेको वस्तुको मूल्य वस्तु खरिद गर्दाका बखत बिक्रेतालाई भुक्तानी गर्नु पर्नेछ ।

(ख) वस्तुको मूल्य नगदमा भुक्तानी गर्नु पर्नेछ ।

(ग) वस्तुको मूल्य भुक्तानी गर्ने कार्य र वस्तु हस्तान्तरण गर्ने कार्य सँगसँगै हुनु पर्ने गरी करार भएको मानिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “नगद” भन्नाले बैंक मार्फत भुक्तानी हुने चेक, यात्रु चेक, प्रतिज्ञापत्र (प्रमिशरी नोट), विनिमयपत्र (बिल अफ एक्स्चेञ्च), प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ड्राफ्ट, क्रेडिट कार्ड, टेलिग्राफिक ट्रान्सफर समेत सम्झनु पर्छ ।

Share this Law

दफा ४३ : वस्तुको मूल्य चुक्ता गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.