दफा ३८ : आफ्नो हक नपुग्ने धनमाल धितो वा धरौटी राखेमा हुने परिणाम

Estimated reading: 0 minutes 383 views

१) कसैले आफ्नो हक नभएको वा स्वामित्वमा नरहेको वा यस ऐन बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त गरेको धनमाल कसैलाई धितो वा धरौटी दिई ऋण वा काम प्राप्त गरेको रहेछ र सो कुरा धितो वा धरौटी लिने व्यक्तिलाई थाहा रहेनछ भने त्यसरी धितो वा धरौटी लिने व्यक्तिले धितो वा धरौटी दिने व्यक्तिसँग सो बराबरको निजको हक लाग्ने धनमाल धितो वा धरौटी माग गर्न सक्नेछ र सो बमोजिम धितो वा धरौटी दिन नसकेमा धितो वा धरौटी लिने व्यक्तिले सो सम्बन्धी करार बदर गराउन सक्नेछ ।

२) बदर हुने करार अन्तर्गत प्राप्त भएको धनमाल धितो वा धरौटी रहेकोमा त्यस्तो धितो वा धरौटी दिनु अगावै त्यस्तो करार बदर भै सकेको रहेछ वा धितो वा धरौटी दिइएको धनमाल धितो वा धरौटी दिने व्यक्तिको होइन भन्ने कुरा धितो वा धरौटी लिनेलाई थाहा भएको रहेछ भने त्यस्तो धनमालमा धितो वा धरौटी लिनेको कुनै अधिकार हुने छैन र निजले असुल गर्नु पर्ने रकम वा पूरा गराउनु पर्ने काम धितो वा धरौटी दिने व्यक्तिले अन्य सम्पत्तिबाट भराई लिन पाउनेछ ।

३) धितो वा धरौटी राखिएको धनमालमा धितो वा धरौटी दिने व्यक्तिको आंशिक वा सीमित हक वा स्वामित्व रहेछ भने त्यस्तो धनमालमा धितो वा धरौटी लिने व्यक्तिको पनि सोही हदसम्म मात्र हक अधिकार हुनेछ ।

Share this Law

दफा ३८ : आफ्नो हक नपुग्ने धनमाल धितो वा धरौटी राखेमा हुने परिणाम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.