दफा २९ : नासो लिएको धनमाल फिर्ता गर्नु पर्ने

Estimated reading: 0 minutes 403 views

१) नासो लेनदेन गर्दा निर्धारण भएको समय व्यतित भएपछि वा जुन उद्देश्यको लागि नासो राखिएको हो सो उद्देश्य पूरा भएपछि नासो लिनेले नासो लिएको धनमाल नासो दिनेलाई फिर्ता बुझाउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम धनमाल फिर्ता गर्नु पर्ने समयभित्र वा त्यस्तो समय नतोकिएकोमा सो धनमालको प्रकृति बमोजिम मनासिब माफिकको समयभित्र धनमाल नफर्काएकोमा वा नासो राख्ने व्यक्तिले फिर्ता नलिएकोमा सो मितिभन्दा पछि सो धनमाल हराएमा, चोरिएमा, बिग्रेमा, नासिएमा, घटेमा वा सो धनमालको कारणबाट नासो दिनेलाई कुनै हानि नोक्सानी भएमा जसको कारणबाट हानि नोक्सानी भएको हो सोही व्यक्तिले त्यस्तो हानि नोक्सानी व्यहोर्नु पर्नेछ ।

३) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक एकभन्दा बढी व्यक्तिहरूको स्वामित्वमा रहेको धनमालका सम्बन्धमा त्यसका धनीहरूमध्ये कसैलाई वा निजहरूले अह्राएको व्यक्तिलाई नासो राखिएको धनमाल बुझाउन सकिनेछ र त्यसरी बुझाइएकोमा रीतपूर्वक बुझाइएको मानिनेछ ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो राखिएको धनमालबाट बढे बढाएको वा आर्जन भएको धनमाल समेत नासो दिने व्यक्तिको हुनेछ ।

Share this Law

दफा २९ : नासो लिएको धनमाल फिर्ता गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.