परिच्छेद–४ जमानत, हर्जाना तथा प्रत्याशन सम्बन्धी करार
दफा २४ : प्रत्याशन गर्ने व्यक्तिको अधिकार
प्रत्याशन गर्ने व्यक्तिको अधिकार र दायित्व करारमा लेखिएकोमा सोही बमोजिम र नलेखिएकोमा देहाय बमोजिम हुनेछ ः–
(क) जुन व्यक्तिलाई हानि नोक्सानी पुगेको हो सो व्यक्तिको सम्पूर्ण हक प्रत्याशन गर्ने व्यक्तिमा सर्नेछ ।
(ख) खण्ड (क) बमोजिम प्रत्याशन गर्ने व्यक्तिले हानि नोक्सानी पुगेको व्यक्तिलाई बुझाएको रकम वा मनासिब माफिकको क्षतिपूर्ति र सो बापत मुद्दा मामिला गर्नु परेमा सो खर्च समेत सो हानि नोक्सानी गर्ने व्यक्ति वा सो सम्बन्धमा कुनै करार भएको रहेछ भने त्यस्तो करार गर्ने पक्षबाट भराउन पाउनेछ ।