दफा २४ : प्रत्याशन गर्ने व्यक्तिको अधिकार

Estimated reading: 0 minutes 419 views

प्रत्याशन गर्ने व्यक्तिको अधिकार र दायित्व करारमा लेखिएकोमा सोही बमोजिम र नलेखिएकोमा देहाय बमोजिम हुनेछ ः–

(क) जुन व्यक्तिलाई हानि नोक्सानी पुगेको हो सो व्यक्तिको सम्पूर्ण हक प्रत्याशन गर्ने व्यक्तिमा सर्नेछ ।

(ख) खण्ड (क) बमोजिम प्रत्याशन गर्ने व्यक्तिले हानि नोक्सानी पुगेको व्यक्तिलाई बुझाएको रकम वा मनासिब माफिकको क्षतिपूर्ति र सो बापत मुद्दा मामिला गर्नु परेमा सो खर्च समेत सो हानि नोक्सानी गर्ने व्यक्ति वा सो सम्बन्धमा कुनै करार भएको रहेछ भने त्यस्तो करार गर्ने पक्षबाट भराउन पाउनेछ ।

Share this Law

दफा २४ : प्रत्याशन गर्ने व्यक्तिको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.