दफा २२ : हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार

Estimated reading: 0 minutes 418 views

(१)कुनै व्यक्तिले करारको कुनै पक्षको निर्देशनमा काम गर्दा त्यस्तो पक्ष वा तेस्रो व्यक्तिलाई निजको काम कारबाहीको परिणामबाट हुन सक्ने हानि नोक्सानी आफूले व्यहोर्ने गरी हर्जाना सम्बन्धी करार भएकोमा सो करारको अधीनमा रही सो व्यक्तिले देहायका कुनै वा सबै रकम हर्जाना बापत भराई लिन सक्नेछ:

 (क) करारमा उल्लेख भए बमोजिमको हर्जाना रकम,

 (ख) तेस्रो व्यक्तिलाई हानि नोक्सानी परेको भए सो बापत तिर्नु व्यहोर्नु पर्ने रकम,

 (ग) हर्जाना सम्बन्धी करारका सम्बन्धमा निजले दायर गरेको वा प्रतिरक्षा गरेको मुद्दामा लागेको खर्चको रकम,

 (घ) खण्ड (क) देखि (ग) सम्म उल्लिखित रकम नदिएको कारणबाट मुद्दा मामिला गर्नु परेमा त्यस्तो मुद्दा मामिलामा लागेको खर्चको रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिले अर्को पक्षको निर्देशनमा काम गर्दा जानी जानी हानि नोक्सानी पुर्‍याउने बदनियत वा लापर्बाहीपूर्वक काम गरेको कारणबाट त्यस्तो पक्ष वा तेस्रो व्यक्तिलाई हानि नोक्सानी हुन गएमा त्यस्तो हानि नोक्सानी बापत सो काम गर्ने व्यक्ति नै जिम्मेवार हुनेछ ।

Share this Law

दफा २२ : हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.