दफा १५ : जमानत सम्बन्धी करार

Estimated reading: 0 minutes 504 views

(१) कुनै व्यक्तिले आफूले लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता नगरेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी करार भएकोमा जमानत सम्बन्धी करार भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम तेस्रो पक्षले जमानत दिएकोमा तिर्नु पर्ने व्यक्तिले ऋण नतिरेमा वा पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा त्यस्तो ऋण वा दायित्व जमानत दिनेले तिर्नु वा करार बमोजिमका शर्त पूरा गरिदिनु पर्नेछ ।

(३) जमानत सम्बन्धी करार लिखित रूपमा भएको हुनु पर्नेछ ।

Share this Law

दफा १५ : जमानत सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.