दफा ८ : प्रस्ताव वा स्वीकृति रद्द गर्न सकिने

Estimated reading: 0 minutes 405 views

१) प्रस्तावकले आफ्नो प्रस्ताव सूचनाद्वारा रद्द गर्न सक्नेछ। 

तर प्रस्ताव रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिई सकेको सूचना प्रस्तावकले पाइसकेको भए सो प्रस्ताव रद्द हुने छैन।

२) प्रस्तावित व्यक्तिले आफूले पठाएको स्वीकृति सूचनाद्वारा रद्द गर्न सक्नेछ । तर स्वीकृति रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावकले स्वीकृतिको सूचना पाई सकेको भए स्वीकृति रद्द हुने छैन।

३) प्रस्तावमा इन्कारी जनाई सूचना पठाउने व्यक्तिले प्रस्तावमा पुनः स्वीकृति दिई सूचना पठाउन सक्नेछ ।

तर यसरी इन्कारी जनाइएको वा स्वीकृति दिइएको सूचनाहरुमध्ये इन्कारी जनाइएको सूचना अगावै पुगेमा करार भएको मानिने छैन।स्वीकृति जनाइएको सूचना अगावै पुगेमा करार भएको मानिनेछ ।

४) प्रस्ताव पठाई सकेपछि उपदफा (१) बमोजिमको सूचना पठाएकोमा वा स्वीकृति पठाई सकेपछि उपदफा (२) बमोजिमको सूचना पठाएकोमा वा प्रस्तावमा इन्कारी जनाई सकेपछि उपदफा (३) बमोजिमको सूचना पठाएकोमा त्यस्ता सूचनाहरु सम्बन्धित व्यक्तिले एकै बखत पाएमा  करार भएको मानिने छैन।

Share this Law

दफा ८ : प्रस्ताव वा स्वीकृति रद्द गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.