दफा ३ः करार गर्न योग्य व्यक्ति
१) देहायका व्यक्ति बाहेक अरु जुनसुकै व्यक्ति करार योग्य हुनेछ ;
(क) सोह्र वर्ष उमेर पूरा नभएको,
(ख) होस ठेगानमा नभएको।
२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुन बमोजिम कुनै खास करार गर्न अयोग्य भएको मानिनेछ।
३) उपदफा (१) बमोजिम करार गर्न अयोग्य व्यक्तिका तर्फबाट निजको हितको लागि निजको संरक्षकले करार गर्न सक्नेछ।
४) यस दफामा अन्यथा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा यस ऐन बमोजिम करार गर्न अयोग्य व्यक्तिले समेत करार गर्न सक्ने गरी प्रचलित कानुनले व्यवस्था गरेकोमा त्यस्तो विषयमा त्यस्तो व्यक्ति समेत करार गर्न योग्य भएको मानिनेछ।