परिच्छेद-१ प्रारम्भिक

दफा २ः परिभाषा

Estimated reading: 0 minutes 72 views

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “करार” भन्नाले दुई वा दुईभन्दा बढी पक्ष बीच कुनै काम गर्न वा नगर्नका लागि भएको कानुन बमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनु पर्छ। 

(ख) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ।

(ग) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरु प्रस्तावकले जुन अर्थमा लिएको छ सोकुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ। 

(घ) “प्रतिफल” भन्नाले प्रस्तावमा उल्लिखित काम गरी दिए वा नगरी दिए बापत कुनै काम गरी दिने गरी गरेको कबुल सम्झनु पर्छ। 

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.