दफा ८६ः करारको यथावत परिपालना

Estimated reading: 0 minutes 394 views

१) करार उल्लंघन भएको कारणबाट मर्का पर्ने पक्षलाई पुग्न गएको वास्तविक हानि नोक्सानी बापत नगद क्षतिपूर्ति मनासिब र पर्याप्त नहुने भएमा त्यसरी मर्का पर्न गएको पक्षले क्षतिपूर्तिको दावी गर्नुको सट्टा करारको यथावत् परिपालनाको दावी गर्न सक्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा यथावत् परिपालनाको दावी लाग्ने छैन;

(क) करार उल्लंघन बापतको क्षतिपूर्ति नगद नै पर्याप्त हुने भएमा,

(ख) करार बमोजिमको काम भए नभएको कुरा अदालतले सुपरिवेक्षण गर्न नसक्ने भएमा,

(ग) व्यक्तिगत दक्षता, सीप वा ज्ञानको सेवा उपलब्ध गराउने गरी करार गरिएको भएमा,

(घ) यथावत् रूपमा करार पूरा गर्न सक्ने अवस्था नभएमा,

(ङ) करार उल्लंघन गर्ने पक्षले नै यथावत् परिपालना गराई पाउने दाबी लिएकोमा ।

Share this Law

दफा ८६ः करारको यथावत परिपालना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.