दफा ८४ः करार रद्द वा बदर भएमा त्यसको क्षतिपूर्ति

Estimated reading: 0 minutes 417 views

१) करार गर्ने कुनै पक्षले अर्को पक्षबाट करार बमोजिम केही नगद, जिन्सी वा अन्य कुनै लाभ लिई सकेपछि वा करार बमोजिमका दायित्वहरू आंशिक रूपमा पूरा गरी सकेपछि पक्षहरूको सहमतिबाट करार रद्द भएमा वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिमको करारको परिपालना गर्नु नपर्ने भएमा वा कानुन बमोजिम बदर भएमा वा यस ऐन बमोजिम अमान्य वा रद्द भएमा त्यसरी दिएको नगद वा जिन्सी करार बहाल रहेको दिनसम्मको हिसाब मिलान गरी फिर्ता गर्नु पर्ने नगद वा जिन्सी फिर्ता गर्नु पर्नेछ । नगद वा जिन्सी बाहेक अन्य कुनै सेवा वा लाभ दिएको भए त्यस्तो सेवा वा लाभ दिए बापत मनासिब माफिकको रकम त्यस्तो सेवा वा लाभ लिने पक्षले अर्को पक्षलाई दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको नगद, जिन्सी फिर्ता नगरेको वा रकम नदिएको कारणबाट कानुनी कारबाही अवलम्बन गर्नु पर्ने भएमा सो बापत लागेको मनासिब खर्च समेत भराई लिन सकिनेछ ।

Share this Law

दफा ८४ः करार रद्द वा बदर भएमा त्यसको क्षतिपूर्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.