परिच्छेद–१२ करारको उल्लंघन र उपचार

दफा ८३ः करार उल्लंघन भएमा त्यसको क्षतिपूति

Estimated reading: 0 minutes 73 views

१) दफा ८२ बमोजिम करार उल्लंघन भएकोमा सोबाट मर्का पर्ने पक्षले त्यस्तो उल्लंघनबाट भएको वास्तविक वा करार गर्दाको अवस्थामा त्यस्तो हानि नोक्सानी हुन सक्छ भनी करारका पक्षहरूलाई जानकारी भएको हानि नोक्सानी त्यसरी करार उल्लंघन गर्ने पक्षबाट भराई लिन पाउनेछ ।

२) करार उल्लंघन भएमा कुनै निश्चित रकम सो बापत वा क्षतिपूर्ति बापत पाउने भनी करारमा उल्लेख भएकोमा सो बमोजिमको रकममा ननाघ्ने गरी मर्का पर्ने पक्षले अर्को पक्षबाट मनासिब माफिकको रकम भराई लिन पाउनेछ ।

३) उपदफा (२) बमोजिमको क्षतिपूर्ति उल्लेख नभएकोमा त्यस्तो क्षतिपूर्ति दावी गर्ने पक्षले करारको उल्लघंनबाट प्रत्यक्ष र वास्तविक रूपमा भएको हानि नोक्सानी बापत वा करार उल्लंघन भए बापत वा क्षतिपूर्ति बापत मनासिब माफिकको रकम भराई लिन पाउनेछ । अप्रत्यक्ष वा काल्पनिक हानि नोक्सानी भराई लिन पाउने छैन ।

४) कुनै निश्चित समयावधिभित्र कुनै काम पूरा गर्ने गरी करार भएकोमा त्यस्तो अवधिभित्र त्यस्तो काम पूरा हुन नसकेकोमा उपदफा (२) बमोजिमको क्षतिपूर्ति पाउने अवस्था रहेछ भने त्यस्तो क्षतिपूर्ति तिर्ने पक्षले जति रकम क्षतिपूर्ति तिरेको छ सोही अनुपातमा करार पूरा गर्ने समयावधि बढाउन माग गर्न सक्नेछ ।

Share this Law

दफा ८३ः करार उल्लंघन भएमा त्यसको क्षतिपूति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.