परिच्छेद – १८ व्यक्तिगत विवादको समाधान

दफा ११३ः व्यक्तिगत माग दाबी पेश गर्न सक्ने

Estimated reading: 0 minutes 26 views

१) श्रमिकलाई यस ऐन, नियमावली, प्रचलित कानून वा सामूहिक सम्झौता वमोजिम प्राप्त हक सम्वन्धी कुनै विषयमा व्यक्तिगत दावी भएमा त्यस्तो श्रमिकले रोजगारदाता समक्ष लिखित निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको निवेदन प्रापत भएमा रोजगारदाताले सो निवेदन लिई श्रमिकलाई सोको निस्सा दिनु पर्नेछ।

३) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा रोजगारदाताले पन्ध्र दिनभित्र सम्बन्धित श्रमिकसँग छलफल गरी त्यस्तो दावी सम्बन्धी विवाद समाधान गर्नु पर्नेछ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाता र श्रमिककावीच भएको सहमतिको आधारमा विवाद समाधान गर्नु पर्ने अवधि थप गर्न सकिनेछ।

Share this Law

दफा ११३ः व्यक्तिगत माग दाबी पेश गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.