परिच्छेद–९ मालसामान ढुवानी सम्बन्धी करार

दफा ७०ः ढुवानीकर्ताको दायित्व अन्त्य हुने

Estimated reading: 0 minutes 66 views

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक ढुवानीकर्ताको दायित्व देहायका अवस्थामा अन्त्य भएको मानिनेछ;

(क) ढुवानीकर्ता वा निजको प्रतिनिधिले मालसामान ढुवानी गरी माल सामानको धनी वा निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाएमा,

(ख) ढुवानीकर्तालाई बुझाएको मालसामान माल सामानको धनी वा निजको प्रतिनिधिले फिर्ता बुझिलिएमा,

(ग) दफा ७९ को उपदफा (२) को खण्ड (ख) को परिस्थिति परी निर्धारित समयभित्र मालसामान ढुवानी हुन नसक्ने कारण देखाई ढुवानीकर्ता वा निजको प्रतिनिधिले माल सामानको धनी वा निजको प्रतिनिधिलाई मालसामान फिर्ता बुझाएमा ।

Share this Law

दफा ७०ः ढुवानीकर्ताको दायित्व अन्त्य हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.