दफा ६८ः ढुवानीकर्ताको दायित्व सीमित हुने

Estimated reading: 0 minutes 382 views

१) करार गर्दाकै बखत माल सामानको धनी वा निजको प्रतिनिधिले ढुवानी गर्नु पर्ने मालसामानको मूल्य बढी भएको स्पष्ट रूपमा घोषणा गरेकोमा वा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक ढुवानीकर्ताले ढुवानी गरेको मालसामानको हानि वा नोक्सानी बापतको क्षतिपूर्ति दश हजार रुपैयाँभन्दा बढी हुने छैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार गर्दाकै बखत वा ढुवानीकर्तालाई ढुवानी बापत माल सामान बुझाएका बखत माल सामानको धनी वा निजको प्रतिनिधिले स्पष्ट रूपमा घोषणा गरेकोमा बाहेक सुन, चाँदी, हीरा, जवाहरात वा त्यस्ता धनमालबाट बनेका माल सामान, बहुमूल्य पत्थर, विनिमय अधिकारपत्र, धितोपत्र, अड्डाबाट पारित लिखत तथा शैक्षिक एवं अन्य निकायहरूबाट जारी भएका प्रमाणपत्र, मुद्रा, बैंक नोट, हुलाक टिकट, माछा, मासु, ताजा फलफूल तथा तरकारी, किटनाशक तथा विषादी पदार्थ, प्रज्वलनशील पदार्थ, पेट्रोलियम पदार्थ, बहुमूल्य चित्रकला, मूर्ति, क्यूरियोका मालसामान, सिसा वा सिसाबाट बनेका वा सजिलैसँग टुट्ने फुट्ने वा बिग्रने वस्तु, वन्यजन्तु तथा घरपालुवा पशुपक्षी, हस्तकलाका सामग्री, हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थ, रेडियो, टेलिभिजन, कम्प्युटर जस्ता मालसामान तथा त्यस्ता मालसामानका पार्टपूर्जा, मेशीनरी मालसामान तथा ढुवानी हुनु अगावै माल सामानको धनीले घोषणा गर्नु पर्ने मालसामान भनी प्रचलित कानुनमा तोकिएका मालसामानहरूको हानि नोक्सानी बापत ढुवानीकर्ता जवाफदेही हुने छैन ।

(३) उपदफा (२) बमोजिमका मालसामानको ढुवानी बापत व्यहोर्नु पर्ने जोखिमका लागि मालसामानको धनी वा निजको प्रतिनिधि मार्फत जोखिम विरुद्ध बिमा गराउन वा छुट्टै शुल्क लिई आफैँले बिमा गराउन वा ढुवानीकर्ताले जोखिम रोक्न अन्य आवश्यक व्यवस्था गर्न सक्नेछ ।

Share this Law

दफा ६८ः ढुवानीकर्ताको दायित्व सीमित हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.