परिच्छेद–९ मालसामान ढुवानी सम्बन्धी करार

दफा ६६ः ढुवानीकर्ताको दायित्व

Estimated reading: 0 minutes 60 views

१) ढुवानीको लागि माल सामानको धनीसँग बुझिलिएको माल सामान सही अवस्थामा ढुवानी गरी पुर्‍याउनु पर्ने स्थानमा पुर्‍याउने दायित्व ढुवानीकर्ताको हुनेछ ।

२) ढुवानीको लागि माल सामानको धनीसँग बुझिलिएको माल सामान हराएमा, नासिएमा, टुटे फुटेमा, बिग्रीएमा वा हानि नोक्सानी भएमा वा अन्य कुनै किसिमबाट सही अवस्थामा पुर्‍याउनु पर्ने स्थानमा नपुगेमा ढुवानीकर्ता जवाफदेही हुनेछ ।

३) ढुवानीकर्ताले करारमा उल्लेख भएको समयभित्र र करारमा ढुवानी गरिसक्नु पर्ने समय उल्लेख नभएकोमा मनासिब माफिकको समयभित्र माल सामान ढुवानी गरी माल सामानको धनी वा निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाउनु पर्नेछ ।

Share this Law

दफा ६६ः ढुवानीकर्ताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.