परिच्छेद–९ मालसामान ढुवानी सम्बन्धी करार

दफा ६५ः ढुवानी सम्बन्धी करार

Estimated reading: 0 minutes 109 views

१) एक ठाउँबाट अर्को ठाउँमा कुनै मालसामान ढुवानी गर्ने सम्बन्धमा करार भएकोमा ढुवानी सम्बन्धी करार भएको मानिनेछ ।

२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक मालसामान ढुवानी गर्न माल सामानको धनीले ढुवानीकर्तालाई मालसामान बुझाएका बखत दिइने रसिद ढुवानीकर्ता र माल सामानको धनी बीच करार भएको प्रमाण मानिनेछ ।

 स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “ढुवानीकर्ता” भन्नाले हवाई यातायात वा सामुद्रिक यातायात बाहेकका यातायात सञ्चालन गर्ने वा त्यस्तो कार्यको व्यवसाय गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले आन्तरिक जल यातायात वा रञ्जुमार्ग (रोपवे) वा जनावर मार्फत वा अन्य कुनै किसिमले ढुवानी व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई समेत जनाउनेछ ।

 तर माल सामानको धनीले ज्यालामा काम लगाएको व्यक्ति वा निजको प्रतिनिधि वा निजको मातहतमा काम गर्ने व्यक्तिले माल सामान ढुवानी गरेकोमा यस परिच्छेदको प्रयोजनको लागि ढुवानीकर्ता मानिने छैन ।

Share this Law

दफा ६५ः ढुवानी सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.