परिच्छेद–८ एजेन्सी सम्बन्धी करार

दफा ६२ः प्रतिनिधिलाई हटाउन नहुने

Estimated reading: 0 minutes 116 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामको लागि प्रतिनिधि नियुक्त गरिएकोमा उचित र पर्याप्त कारण नभई मुख्य व्यक्तिले सो समयभन्दा पहिले वा काम सम्पन्न नभई प्रतिनिधिलाई हटाउन हुँदैन ।

२) निश्चित समय वा काम नतोकी नियुक्त गरिएको प्रतिनिधिलाई उचित कारण सहितको पूर्व सूचना नदिई हटाउनु हुँदैन ।

३) उपदफा (१) वा (२) विपरीत हुने गरी मुख्य व्यक्तिले कुनै प्रतिनिधिलाई हटाएमा त्यस्तो प्रतिनिधिलाई निजले मनासिब माफिकको क्षतिपूर्ति दिनु पर्नेछ ।

Share this Law

दफा ६२ः प्रतिनिधिलाई हटाउन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.