परिच्छेद–८ एजेन्सी सम्बन्धी करार

दफा ५७ : प्रतिनिधिबाट भए गरेको कारोबारको मान्यता

Estimated reading: 0 minutes 43 views

१) दफा ५६ बमोजिम नियुक्त प्रतिनिधि मार्फत भए गरेको करार वा प्रतिनिधिबाट भए गरेको काम कारबाहीबाट उत्पन्न दायित्व मुख्य व्यक्तिले गरेको करार वा कार्य सरह मानी कार्यान्वयन हुनेछ ।

 तर प्रतिनिधिले आफूलाई प्राप्त अधिकार नाघी गरेको कामका सम्बन्धमा मुख्य व्यक्ति जिम्मेवार हुने छैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकार उल्लंघन गरी भए गरेको काम कारबाहीमध्ये कुनै काम कारबाही अधिकार क्षेत्रभित्र र कुनै काम कारबाही अधिकार क्षेत्रबाहिरको भएमा अधिकार क्षेत्रभित्रको भाग छुट्याउन सकिने रहेछ भने त्यसरी अधिकार क्षेत्रभित्र पर्ने हदसम्मको काम कारबाहीप्रति मुख्य व्यक्ति जिम्मेवार हुनेछ ।

३) मुख्य व्यक्तिसँग प्रतिनिधि मार्फत भएको कारोबारको सिलसिलामा निजलाई दिएको सूचना मुख्य व्यक्तिलाई दिए सरह मानिनेछ ।

Share this Law

दफा ५७ : प्रतिनिधिबाट भए गरेको कारोबारको मान्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.