परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार

दफा ५४ : करार गरिएको भन्दा फरक परिमाणमा वस्तु बुझाउन ल्याएमा

Estimated reading: 0 minutes 66 views

१) बिक्रेताले करारमा उल्लेख गरिएको भन्दा कम परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले त्यस्तो वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।

 तर क्रेताले त्यस्तो परिमाणमा पनि वस्तु बुझिलिएमा करारमा उल्लिखित दरमा सो परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ ।

२) बिक्रेताले करारमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको परिमाणको वस्तु बुझिलिई बाँकी वस्तु वा पुरै परिमाणका वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।

 तर क्रेताले यसरी बुझाउन ल्याएको पुरै वस्तु बुझिलिएमा करारमा उल्लिखित दरमा पुरै परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ ।

३) बिक्रेताले करारमा उल्लिखित वस्तुको विवरणभन्दा फरक वस्तु मिसाई वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको वस्तु बुझिलिई बाँकी वस्तु वा पुरै वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ ।

४) करारमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पटक पटक गरी वस्तु बुझिलिन क्रेता बाध्य हुने छैन ।

५) बिक्रेताले बुझाउन ल्याएको वस्तु क्रेताले बुझिलिन इन्कार गरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक इन्कार गरिएको वस्तु फिर्ता गर्न निज बाध्य हुने छैन ।

 तर निजले वस्तु बुझिलिन इन्कार गरेको कारण सहितको सूचना छिटो साधनद्वारा बिक्रेतालाई दिनु पर्नेछ ।

Share this Law

दफा ५४ : करार गरिएको भन्दा फरक परिमाणमा वस्तु बुझाउन ल्याएमा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.