परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार
दफा ५१ : वस्तु बुझिलिएको मानिने
देहायको कुनै अवस्थामा क्रेताले वस्तु बुझिलिएको मानिनेछ;
(क) क्रेता वा निजको प्रतिनिधिले वस्तु बुझिलिएमा,
(ख) वस्तु बुझिलिएको रसिद, भरपाई गरिदिएमा,
(ग) दफा ५० बमोजिम वस्तु निरीक्षण गरी करार बमोजिम भएको ठहर गरी क्रेताले भण्डारन गरेमा,
(घ) कुनै वस्तु क्रेताकहाँ पुगेकोमा मनासिब माफिकको समयभित्र निजले त्यस्तो वस्तु बुझिलिन इन्कार गरेको जानकारी बिक्रेतालाई नपठाई निजकहाँ त्यस्तो वस्तु रहेमा,
(ङ) त्यस्तो वस्तुमा निजको स्वामित्व रहेको पुष्टि गर्ने कुनै काम निजबाट भएमा ।