परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार

दफा ४९ : जोखिम व्यहोर्नु पर्ने

Estimated reading: 0 minutes 108 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण नभएसम्म त्यस्तो वस्तुको हानि नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।

२) बिक्रेता वा क्रेताको कारणले वस्तु हस्तान्तरण हुन ढिलाई भएकोमा जसको कारणले ढिला भएको हो सोही व्यक्तिले वस्तुमा उपदफा (१) बमोजिमको हानि नोक्सानीको जोखिम व्यहोर्नु पर्नेछ ।

३) खरिद भएको स्थानबाट क्रेताले तोकेको स्थानसम्म वस्तु पुर्‍याउने मञ्जुर गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको हानि नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा ४९ : जोखिम व्यहोर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.