परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार

दफा ४६ : वस्तु गुणस्तरयुक्त रहेको मानिने

Estimated reading: 0 minutes 44 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु व्यापारिक गुणस्तरयुक्त (मर्च्या क्वालिटी) भएको मानिनेछ ।

२) कुनै खास प्रयोजनका लागि बिक्री भएको वा बिक्री हुने कुनै खास वस्तु सो प्रयोजनका लागि उपयुक्त भएमा त्यसरी बिक्री भएको वा हुने वस्तु व्यापारिक गुणस्तरयुक्त रहेको मानिनेछ ।

 तर करारमा नै त्यस्तो वस्तुको खोट उल्लेख भएकोमा वा क्रेतालाई त्यस्तो खोट करार हुनु अगावै वा वस्तु हेर्दा नै थाहा भई सकेकोमा त्यस्ता वस्तु व्यापारिक गुणस्तरयुक्त भएको वा रहेको मानिने छैन ।

३) कुनै खास वस्तुको गुणस्तर करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा त्यस्तो वस्तु प्रचलित स्तर (स्टाण्डर्ड) अनुसार गुणस्तरयुक्त हुनु पर्नेछ ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु खास गुणस्तरयुक्त छ भनी बिक्रेताले वारेण्टी दिएको मानिने छैन ।

Share this Law

दफा ४६ : वस्तु गुणस्तरयुक्त रहेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.