दफा ३९ : साहुहरु समान स्थितिमा रहने

Estimated reading: 0 minutes 448 views

१) कसैले आफ्नो धनमाल धितो राखी एकपटक वा पटक पटक गरी एकभन्दा बढी साहुहरूबाट ऋण लिएको रहेछ र त्यसरी धितो राखिएको धनमालले सबै साहुहरुको ऋण चुक्ता गर्न नपुग्ने अवस्था रहेछ भने करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सुरक्षण बापत धनमाल धितो लिने सबै साहुहरु बाँकी रहेको ऋणमा समान (पारी पासु) स्थितिमा रहेको मानिनेछ र त्यस्तो धनमाल उपर सबै साहुहरुको समानुपातिक रूपमा दावी लाग्नेछ ।

२) उपदफा (१) बमोजिम धितो दिई सकिएको धनमाल उपर भविष्यमा अर्को साहूले प्राथमिकता पाउने गरी धितो राखी गरिएको करार बदर हुनेछ । साहूले सो ऋणको सम्बन्धमा अरू साहुहरु छन् भन्ने कुरा थाहा हुँदा हुँदै त्यस्तो करार बदर हुनु अगाडि नै त्यस्तो धितोबाट ऋण असुल उपर गरी सकेको रहेछ भने सो रकम अन्य साहूलाई फिर्ता गरी निजले धितो दिनेको अन्य जायजेथाबाट असुल उपर गर्नु पर्नेछ ।

Share this Law

दफा ३९ : साहुहरु समान स्थितिमा रहने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.