परिच्छेद–६ धितो तथा धरौट सम्बन्धी करार

दफा ३७ : धितो वा धरौटी लिने व्यक्तिको अधिकार

Estimated reading: 0 minutes 65 views

१) कुनै धनमाल धितो राखी ऋण लिएकोमा सो ऋण लिने व्यक्तिले निर्धारित समयभित्र ऋण वा सोको ब्याज भए सो समेत चुक्ता नगरेमा धितो लिने व्यक्तिले कानुन बमोजिम कारवाई चलाई ऋण बापत असुल उपर हुनु पर्ने रकम त्यसरी राखिएको धितो प्रचलित बजार भाउ अनुसार बिक्री वा लिलाम गरी असुल उपर गर्ने वा त्यसरी बिक्री वा लिलाम हुन नसके कानुनको अधीनमा रही त्यस्तो धितो आफ्नो स्वामित्वमा सार्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम धितो रहेको धनमाल धितो लिने व्यक्तिले ऋणीबाट असुल उपर गर्नु पर्ने रकमभन्दा कम मूल्यमा बिक्री भएमा त्यसरी नपुग भएसम्मको रकम ऋणीको अरू सम्पत्तिबाट भराई लिन पाउनेछ र असुल उपर गर्नु पर्ने रकमभन्दा बढी मूल्यमा बिक्री भएमा बढी भए जति रकम ऋणीलाई फिर्ता गर्नु पर्नेछ ।

३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितो रहेको धनमाल बिक्री भै नसकेको वा स्वामित्वमा सरी नसकेको अवस्थासम्म धितो दिने व्यक्तिले ऋण तथा सोको ब्याज र अन्य कुनै रकम तिर्नु पर्ने भए सो समेत चुक्ता गरी जहिलेसुकै पनि आफ्नो धनमाल निखनी लिन सक्नेछ ।

 तर निर्धारित समयभित्र रकम नबुझाएको कारणबाट धितो रहेको धनमालमा सृजना भएको थप दायित्व समेत धितो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

४) कुनै धनमाल धरौटी लिई कुनै काम गर्न जिम्मा दिएकोमा त्यस्तो काम निर्धारित समयमा पूरा नगरेमा वा नभएमा धरौटी रहेको धनमालबाट सो काम पूरा गराउन वा सो काम पूरा गराउन लागेको खर्च असुल उपर गरी लिन सकिनेछ । धरौटी रहेको धनमालबाट काम पूरा नहुने भएमा त्यस्तो नपुग भएसम्मको रकम धरौटी दिने व्यक्तिको अरू सम्पत्तिबाट भराई लिन सकिनेछ ।

Share this Law

दफा ३७ : धितो वा धरौटी लिने व्यक्तिको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.