परिच्छेद–६ धितो तथा धरौट सम्बन्धी करार

दफा ३५ : धितो वा धरौट सम्बन्धी करार

Estimated reading: 0 minutes 87 views

१) कुनै व्यक्तिले कसैलाई ऋण दिँदा त्यस्तो ऋणको सुरक्षण बापत धितो लिएकोमा वा कुनै काम गराउँदा सो काम पूरा गर्ने ग्यारेण्टीको लागि कुनै धनमाल धरौटी लिएकोमा धितो वा धरौट सम्बन्धी करार भएको मानिनेछ ।

 स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “धनमाल” भन्नाले कुनै चल अचल सम्पत्ति तथा सो सम्पत्तिमा रहेको हक वा हक कायम गर्ने कुनै लिखत समेत सम्झनु पर्छ ।

२) कुनै ऋण दिँदा धितो लिइएको भए सो ऋण र सोको ब्याज र कुनै काम पूरा गर्न धरौटी लिएको भए सो कामसँग सम्बन्धित अन्य खर्च तथा धितो वा धरौटी दिइएको धनमाल हेरचाह गर्नमा लागेको खर्च समेतको लागि धितो वा धरौट सम्बन्धी करार भएको मानिनेछ ।

Share this Law

दफा ३५ : धितो वा धरौट सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.