परिच्छेद–५ नासो सम्बन्धी करार

दफा ३२ : मर्मत सुधार गर्न दिएको वस्तु फिर्ता गर्नु पर्ने

Estimated reading: 0 minutes 122 views

१) कुनै धनमाल मर्मत, सुधार वा कुनै तरिकाले पुनर्निर्माण गर्न दिएकोमा त्यस्तो धनमाल मर्मत, सुधार वा पुनर्निर्माण गर्दा लागेको खर्च वा सेवा शुल्क लिई सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम दिएको धनमाल करारमा निर्धारित समयभित्र मर्मत, सुधार वा पुनर्निर्माण गरी सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र निर्धारित समयभित्र फिर्ता नगरेमा वा मर्मत, सुधार वा पुनर्निर्माण गर्दा थप हानि नोक्सानी पुर्‍याएमा वा पुनप्रयोग हुन नसक्ने गरी क्षति पुर्‍याएमा करारमा व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा मनासिब माफिकको क्षतिपूर्ति सम्बन्धित धनीलाई दिनु पर्नेछ ।

३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मर्मत, सुधार वा पुनर्निर्माण गर्दा सो बापत लाग्ने खर्च वा सेवा शुल्क चुक्ता नभएसम्म त्यस्तो धनमाल मर्मत, सुधार वा पुननिर्माण गर्ने व्यक्तिले राख्न सक्नेछ र त्यस्तो खर्च वा सेवा शुल्क मनासिब माफिकको समयभित्र चुक्ता नभएमा निजले सो धनमाल बिक्री गरी आफ्नो खर्च वा सेवा शुल्क असुल गर्न सक्नेछ ।

Share this Law

दफा ३२ : मर्मत सुधार गर्न दिएको वस्तु फिर्ता गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.