परिच्छेद–५ नासो सम्बन्धी करार

दफा २७ : नासो राखिएको धनमालको विवरण खोलिनु पर्ने

Estimated reading: 0 minutes 88 views

१) नासो राख्न दिने व्यक्तिले नासो राख्न दिएको धनमालमा कुनै खराबी भएको कारणले सो धनमाल प्रयोग गर्न नहुने वा त्यसबाट कुनै हानि नोक्सानी हुन सक्ने वा त्यसको संरक्षणको निमित्त छुट्टै व्यवस्था वा प्रबन्ध गर्नु पर्ने भएमा निजलाई थाहा भएसम्मका कुराहरू नासो लिने व्यक्तिलाई जानकारी दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम जानकारी दिनु पर्ने कुरा थाहा हुँदा हुँदै जानकारी नदिएमा नासो लिने व्यक्तिलाई सो धनमाल वा सोको कारणबाट भएको हानि नोक्सानी नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै धनमाल भाडामा दिएको वा धितो वा बिक्रीको लागि दिएकोमा सो धनमालको प्रयोग गर्दा सो धनमालको खराबीको कारणबाट कुनै हानि नोक्सानी भएमा सो धनमालमा भएको खराबी सम्बन्धमा नासो दिने व्यक्तिलाई कुनै जानकारी नभए तापनि त्यस्तो हानि नोक्सानी निजले व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा २७ : नासो राखिएको धनमालको विवरण खोलिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.