परिच्छेद–४ जमानत, हर्जाना तथा प्रत्याशन सम्बन्धी करार

दफा २१ : संयुक्त रूपमा जमानत दिने व्यक्तिको दायित्व बराबर हुने

Estimated reading: 0 minutes 65 views

१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूले संयुक्त रूपमा मिली वा छुट्टा छुट्टि कुनै ऋण वा दायित्व बापत संयुक्त रूपमा जमानत दिएकोमा त्यस्तो ऋण वा दायित्व ऋणीले पूरा नगरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिहरूले बराबरीको हिसाबले सो ऋण वा दायित्व तिर्नु वा करार बमोजिम पूरा गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम संयुक्त रूपमा जमानत दिँदा खण्ड खण्ड गरी जमानत दिएको भएमा त्यस्तो जमानत दिने व्यक्तिले आफूले जमानत दिएको खण्डको हदसम्मको दायित्व मात्र तिर्नु व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा २१ : संयुक्त रूपमा जमानत दिने व्यक्तिको दायित्व बराबर हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.