परिच्छेद–४ जमानत, हर्जाना तथा प्रत्याशन सम्बन्धी करार

दफा १८ः जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध

Estimated reading: 0 minutes 50 views

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कुरामा जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध देहाय बमोजिम हुनेछः

(क) जमानत दिने व्यक्तिले ऋण चुक्ता गर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिलाई करार बमोजिम ऋण चुक्ता गर्न वा दायित्व पूरा गर्न लगाउनेछ,

(ख) ऋण वा दायित्व लिंदा ऋणीले जमानत दिने व्यक्तिलाई जमानत दिए बापत कुनै धनमाल वा सुरक्षण दिएको रहेछ भने ऋणीको मञ्जुरी बिना त्यस्तो व्यक्तिले सो धनमाल वा सुरक्षण धितो बन्धक राख्न, बेचबिखन गर्न वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न पाउने छैन,

(ग) कुनै खास प्रयोजनका लागि ऋण वा दायित्व लिई सो बापत जमानत दिएको भए त्यसरी जमानत दिने व्यक्तिको मञ्जुरी बिना त्यस्तो ऋण वा दायित्वको उद्देश्य, स्वरूप वा त्यसका शर्तमा हेरफेर गर्न सकिने छैन ।

Share this Law

दफा १८ः जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.