परिच्छेद–४ जमानत, हर्जाना तथा प्रत्याशन सम्बन्धी करार

दफा १६ : . जमानत दिने व्यक्तिको दायित्व

Estimated reading: 0 minutes 54 views

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछः

(क) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले सो दायित्व पूरा गर्न नसकेको बखतदेखि नै जमानत दिने व्यक्तिको दायित्व सृजना हुनेछ ।

(ख) जमानत दिने व्यक्तिको दायित्व ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति सरह हुनेछ र तिर्नु वा पूरा गर्नु पर्ने दायित्वबाट निज मुक्त नभएसम्म जमानत दिने व्यक्ति जिम्मेवार रहनेछ ।

(ग) साहूलाई तिर्नु वा पूरा गर्नु पर्ने दायित्व तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिबाट उल्लंघन हुनासाथ साहूले जमानत दिने व्यक्तिबाट सो दायित्व पूरा गराउन सक्नेछ ।

(घ) कुनै ऋण वा दायित्व बापत कुनै सुरक्षण र जमानत दुवै दिएको रहेछ भने त्यसरी दिएको सुरक्षणले खामेको हदसम्म जमानत दिने व्यक्तिको दायित्व हुने छैन ।

(ङ) कानुनको परिचालनबाट ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति दायित्वबाट मुक्त हुँदैमा जमानत दिने व्यक्तिको दायित्व समाप्त हुने छैन ।

स्पष्टीकरणः यस ऐनको प्रयोजनको लागि “साहू” भन्नाले ऋण दिने व्यक्ति सम्झनु पर्दछ र सो शब्दले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिबाट कुनै लाभ पाउने वा कुनै काम गराउन पाउने व्यक्ति समेत सम्झनु पर्छ ।

Share this Law

दफा १६ : . जमानत दिने व्यक्तिको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.