परिच्छेद-२ करारका पक्ष तथा प्रस्ताव र स्वीकृति

दफा ९: प्रस्ताव रद्द भएको मानिने

Estimated reading: 0 minutes 74 views

देहायको कुनै अवस्थामा प्रस्ताव रद्द भएको मानिनेछ –

(क) प्रस्तावकले प्रस्ताव स्वीकृत गरेको सूचना यो समयसम्म पाउँ भनी प्रस्ताव राखेकोमा सो समयसम्ममा प्रस्तावित व्यक्तिले स्वीकृति जनाएको सूचना प्रस्तावकले प्राप्त नगरेमा ।

(ख) खण्ड (क) बमोजिम स्वीकृतिको सूचना पठाउनु पर्ने समय उल्लेख नभएकोमा प्रस्तावित व्यक्तिले मनासिव माफिकको समयभित्र स्वीकृति जनाएको सूचना प्रस्तावकलाई नदिएमा ।

(ग) प्रस्ताव राखेपछि स्वीकृति प्राप्त गर्नुभन्दा अगावै प्रस्तावकको मृत्यु भएमा वा निजको होस ठेगानामा नरहेमा ।

(घ) दफा ८ बमोजिम प्रस्ताव रद्द गरिएमा ।

(ङ) स्वीकृति दिएपछि त्यस्तो स्वीकृति प्रस्तावकले प्राप्त गर्नु अगावै प्रस्तावित व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानामा नरहेमा ।

(च) प्रस्तावित व्यक्तिले प्रस्तावको कुनै कुरा परिवर्तन गरी वा कुनै शर्त राखी स्वीकृत गरेमा ।

(छ) प्रस्तावित व्यक्तिले प्रस्ताव स्वीकृत गर्नु अघि कुनै कार्य वा कुनै शर्त पूरा गर्नु पर्ने गरी प्रस्ताव राखिएकोमा त्यस्तो कार्य वा शर्त पूरा नगरी स्वीकृत गरेकोमा ।

Share this Law

दफा ९: प्रस्ताव रद्द भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.